सिन्धु विकास बैंकले ५०% हकप्रद सेयर जारी गर्ने, बोलायो साधारण सभा

सिन्धु विकास बैंकले ५०% हकप्रद सेयर जारी गर्ने, बोलायो साधारण सभा
Advertisement Ads

सिन्धु विकास बैंकले हाल कायम चुक्ता पुँजीको ५०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित फागुन २८ गते वार्षिक साधारण सभा बोलाएको छ। बैंकले हाल कायम रहेको चुक्ता पुँजीमा २ :१ अनुपातमा (प्रत्येक २ सेयर बापत थप १ कित्ता हकप्रद सेयर दिन पाउने) हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । उक्त सभा होटल मिरावाल, धुलिखेल, काभ्रेपलान्चोकमा बिहान ११ बजे सुरु हुनेछ।

कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम प्रदेश स्तरको विकास बैंक हुनको लागि न्यूनतम चुक्ता पुँजी १ अर्ब २० करोड कायम गर्न हकप्रद बिक्रीको प्रस्ताव गरेको जनाएको छ । हाल बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ छ ।

त्यसैगरी, बैंकले अन्य उपयुक्त बैंक वा वित्तीय संस्थासँग गाभ्ने-गाभिने वा प्राप्ति प्रक्रियाका लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने, समझदारी पत्र तर्जुमा गर्ने र आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव राखेको छ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुकक्लोज गर्ने भएको छ। तर्सथ, फागुन १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्।

476221654 1323694959055505 4241438583030867768 n https://bajarkochirfar.com/sindhu-bikas-bank-to-issue-50-rights-shares-calls-general-meeting-to-pass-proposal | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स