देउवापक्षमा मिल्दै शेखर कोइरालाले भने, “गगन विश्व चोइटिएर गएका हुन्”

देउवापक्षमा मिल्दै शेखर कोइरालाले भने, “गगन विश्व चोइटिएर गएका हुन्”

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगनकुमार थापा नेतृत्वमा कांग्रेस चोइटिएर गएको दाबी गरेका छन्।

शुक्रबार निर्वाचन आयोगमा शीर्ष नेताहरूसहित पुगेका कोइरालाले भने, “सिंगो कांग्रेस हामी हौँ, अरु चोइटिएर गएका हुन्,” र आधिकारिकताको प्रश्नै नभएको उल्लेख गरे।

कोइरालाले बहादुर भवन आउनुपर्ने कारण सञ्चारमाध्यम नै भएको पनि बताए। उनले भने, “‘यहाँ आउनै नपर्ने जस्तो लाग्छ’ भन्दै आयोगले उचित निर्णय लिने विश्वास छ।”

उनी कांग्रेसको सिंगो टिम आयोगमा रहेको र केही व्यक्तिहरू अलग भए पनि आधिकारिकता नरहने दाबी गरे। उनले उदाहरण दिँदै भने, “कुनै एक निर्वाचन आयुक्तले टुँडिखेलमा गएर ६ माघमा नोमिनेसन हुँदैन भने, के त्यो निर्णय मान्य हुन्छ?”

कोइरालाले आयोगलाई व्यक्ति नभई संस्था हेरेर निर्णय गर्न आग्रह गरे। उनले भने, “तपाईंहरूले पनि संस्था खोज्नुपर्छ। त्यस संस्थालाई हेरेर निर्णय गरेर अगाडि जानुपर्छ। आयोगमा जुन साथीहरूको हस्ताक्षर आएको थियो, ती फिर्ता भएको निस्सा हामीसँग छ।”

उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशन बोलाउने अधिकार भए पनि कार्यसूची बनाउने अधिकार कार्यसमितिसँग मात्र रहेको दाबी गर्दै नेतृत्व चयन वैधानिक नभएको तर्क प्रस्तुत गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स