एडीबीले नेपाललाई १६ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने, कहाँ लगानी गरिने ?

एडीबीले नेपाललाई १६ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने, कहाँ लगानी गरिने ?

एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। उक्त रकम खानेपानी, ढल व्यवस्थापन तथा भन्सार प्रशासनको आधुनिकीकरणमा खर्च गरिनेछ।

यस सम्बन्धमा सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र एडीबीबीच दुईवटा छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा भएको कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा एडीबीका तर्फबाट नेपाल आवासीय नियोगका देशीय निर्देशक आर्नो कोश्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रगत) आयोजना’का लागि ११ करोड ५० लाख अमेरिकी डलर र भन्सार प्रशासनको आधुनिकीकरणका लागि ५ करोड अमेरिकी डलर परिचालन गरिनेछ।

सम्झौतापछि अर्थमन्त्री डा. वाग्लेले नेपालको दिगो विकासमा एडीबीले पुर्‍याउँदै आएको सहयोगको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि दुवै पक्षबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

एडीबीका अध्यक्ष मासातो कान्डाले नेपालसँग रहेको छ दशकभन्दा लामो सहकार्यलाई निरन्तरता दिँदै आन्तरिक तथा बाह्य आर्थिक चुनौती सामना गर्न एडीबी सधैँ सहकार्यका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स