झापा-५ मा रास्वपालाई झड्का: क्षेत्रीय परिषद् सदस्य खनाल एमालेमा प्रवेश

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ४ गते
झापा-५ मा रास्वपालाई झड्का: क्षेत्रीय परिषद् सदस्य खनाल एमालेमा प्रवेश

झापा निर्वाचन क्षेत्र नं. ५ मा विभिन्न दलमा आवद्ध युवाहरू, जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पनि छन् जो नेकपा एमालेमा प्रवेश गरेका छन्।

यी नयाँ सदस्यहरूलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन्। सोमबार, निर्वाचन क्षेत्र अन्तर्गत दमक नगरपालिकाका विभिन्न वडा र टोलमा मतदातासँग भेटघाट गर्दै, ओली दमक फनपार्कमा आयोजित कार्यक्रममा नयाँ सदस्यहरूलाई औपचारिक रूपमा स्वागत गरे। यस अवसरमा रास्वपा क्षेत्रीय प्रतिनिधी परिषद सदस्य भरत खनाल समेत सहभागी थिए।

एमाले प्रवेश गर्ने युवाहरूले नेपालको राष्ट्रियता, विकास र सुशासनको दृष्टिले एमाले बाहेक विकल्प नभएको बताएका छन्।

असन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार समेत रहेका ओली, दोस्रो चरणको मतदाता भेटघाटका क्रममा दमक नगरपालिकाभित्रका विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स