instainsta

सर्वसाधारणका लागि सागर डिष्टिलरीको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ३० गते
सर्वसाधारणका लागि सागर डिष्टिलरीको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइने ?
AdvertisementAds

सागर डिष्टिलरी लिमिटेडले आज (भदौ ३० गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको १ लाख ४५ हजार २०० कित्ता सेयर बाँडफाँड गरिसकिएको छ। कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई तथा ४३ हजार ५६० कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरिसकेको छ।

अब भने सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्काशन गरेको हो जसको मूल्य ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबर पर्छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन असोज २ गतेसम्म दिन सकिनेछ भने आवश्यक परे असोज १३ गतेसम्म अवधि लम्बिनेछ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग दिएको छ जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले आस्बा सेवा उपलब्ध बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स