निर्वाचन आयोगले धनुषा–१ मा नेकपाका मातृका यादवलाई विजयी घोषणा गरेको छ। यसअघि उक्त क्षेत्रमा विवाद उत्पन्न भएको थियो, जब उम्मेदवारी खारेज भएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएको थियो। विवाद सुल्झाइएपछि निर्वाचन आयोगले दोस्रो स्थानमा रहेकी यादवलाई निर्वाचित घोषणा गरेको हो।
निर्वाचन अधिकृतको कार्यालयले पहिले नै यादवलाई निर्वाचित प्रमाणपत्र प्रदान गरिसकेको थियो। सुरुमा उनलाई प्रमाणपत्र उपलब्ध नगराइएकोले नेकपाले विरोध जनाएको थियो। उम्मेदवारी खारेज भइसकेकोले किशोरी साहको मत वेबसाइटमा अद्यावधिक गरिएको छैन। मत अद्यावधिक नभएपछि यादव पहिलो स्थानमा रहेकाले उनलाई विजेता घोषणा गरिएको हो।
किशोरी साहको उम्मेदवारी कालो सूचीमा देखिएको कारण खारेज गरिएको थियो त्यसपछि उनी अदालत गएका थिए। अदालतले उनीबारे निर्णय शुक्रबार दिनेछ। यससँगै आयोगले १६५ क्षेत्रको प्रत्यक्ष मत परिणामसहित विजेताहरू घोषणा गरिसकेको छ। समानुपातिक मत परिणामको गणना पनि सकिएको छ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया