दाङमा एमालेको झण्डा जलाइएको घटनाप्रति रास्वपाको स्पष्टीकरण : ‘हाम्रा कार्यकर्ता संलग्न छैनन्, झण्डा जलाउनेलाई कारबाही होस् ”

दाङमा एमालेको झण्डा जलाइएको घटनाप्रति रास्वपाको स्पष्टीकरण : ‘हाम्रा कार्यकर्ता संलग्न छैनन्, झण्डा जलाउनेलाई कारबाही होस् ”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार दाङमा भएको नेकपा एमालेको झण्डा जलाउने घटनामा आफ्ना कार्यकर्ता संलग्न नरहेको जनाएको छ।

रास्वपा दाङका सभापति विनय घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्,“पार्टीका केन्द्रीय सभापतिज्यू सुर्खेतको कार्यक्रममा सहभागी भएर दाङ आउँदा सडकमा स्वतःस्फुर्त स्वागतमा जुटेका शुभेच्छुकहरूको उपस्थिति देखी अत्तालिएका केही अवाञ्छित तत्वहरूले भ्रमपूर्ण वातावरण सिर्जना गरेको हाम्रो स्पष्ट ठहर हो।”

रास्वपाले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको माग समेत गरेको छ। विज्ञप्तिमा भनिएको छ,“घटनाको सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानूनी कठघरामा उभ्याउन सुरक्षा निकायसँग जोडदार माग गर्दछौँ।”

सभापति घिमिरेले पनि रास्वपा विधिको शासन, सुसंस्कृत राजनीति र अहिंसाको मार्गमा अटुट विश्वास राख्ने पार्टी भएको र यस प्रकारका अनैतिक र अलोकतान्त्रिक क्रियाकलाप स्वीकार्य नभएको बताएका छन्।

640309352 1623945615401629 8126878579642916156 n https://bajarkochirfar.com/rsps-clarification-on-the-incident-of-burning-the-uml-flag-in-dang-our-cadres-are-not-involved-action-should-be-taken-against-those-who-burned-the-flagrsps-clarification-on-the-incident-of-b | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स