रिज लाइन इनर्जी लिमिटेडले भोलि माघ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिसेयर १०० रुपैयाँ दरका ११,८०,२६० कित्ता साधारण सेयर जारी गर्न लागेको हो। यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गतेसम्म हुनेछ।
आईपीओ निष्काशनको लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।





















प्रतिकृया