रास्वपा नेता बालेनको झापा-५ स्थित सम्पर्क कार्यालयमा तोडफोड

रास्वपा नेता बालेनको झापा-५ स्थित सम्पर्क कार्यालयमा तोडफोड
File Photo
AdvertisementAds

झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको छ।

 झापाको कमल गाउँपालिका–२ मा रहेको बालेनको सम्पर्क कार्यालय रहेको घरको झ्यालको सिसा फुटेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको छ।

 ‘झ्यालको सिसा फुटेको भन्ने सूचना प्राप्त भएको छ। त्यसबारे बुझ्ने काम भइरहेको छ,’ प्रहरीको भनाइ छ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता उम्मेदवार रहेका छन् भने यही क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष पनि उम्मेदवार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स