आज सार्वजनिक बिदा, सेयरबजार बन्द रहने



Advertisement
Ads

आज फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। यस कारण सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, र शिक्षण संस्थाहरू बन्द रहनेछन्।

भोली, फागुन ८ गते बिहीबारदेखि सेयर बजारसहित सबै कार्यालयहरू नियमित रूपमा सञ्चालन हुनेछन्।


Advertisement

प्रजातन्त्र दिवस हरेक वर्ष फागुन ७ गते मनाइन्छ। २००७ सालमा यही दिन १०४ वर्ष लामो राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको थियो। जनताले स्वतन्त्रता र अधिकारको अनुभूति गर्न पाएको यो ऐतिहासिक दिनको सम्झनामा प्रजातन्त्र दिवस मनाइँदै आएको हो।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर