नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र बेलझुण्डी, दाङले शैक्षिक वर्ष ०८३/०८४ का लागि उपाधिमूलक विद्यावारिधि (PhD) र निरुपाधिक विशेष अनुसन्धान, लघु अनुसन्धान, ग्रन्थ सम्पादन र अनुवाद कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ। इच्छुक र योग्यता पुगेका शोधार्थीहरूले श्रावण १८ गते अपराह्न ५:०० बजेभित्र आवेदन दिनुपर्नेछ। निर्धारित कोटामा शास्त्रीय विषयतर्फ १४ र आधुनिकतर्फ १२ गरी जम्मा २६ जना छनोट गरिनेछ। आवेदन दस्तुर विद्यावारिधितर्फ रु. ३००० र निरुपाधिकतर्फ रु. १००० तोकिएको छ। आवेदन शुल्क राष्ट्रिय वाणिज्य बैंकको खाता नं. ४१६०१००००५४८४००१ मा जम्मा गरी भौचरसहित अन्य आवश्यक कागजात र विश्वविद्यालयको वेबसाइटबाट डाउनलोड गरिएको आवेदन फारम अनुसन्धान केन्द्रमा बुझाउनुपर्नेछ।
थप सुचनामा:

