■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | National Life Insurance Company Limited |
| ◆ पद (Position / Title): | Marketing Officer |
| ◆ रिक्त संख्या (Vacancies): | केही |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | ७ दिनभित्र |
◆ संक्षिप्त जानकारी (Summary):
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखरा, चिप्लेढुंगा र लेखनाथ लगायतका कार्यक्षेत्रका लागि मार्केटिङ अधिकृत माग गरेको छ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेश अन्तर्गतका विभिन्न कार्यालयहरूका लागि मार्केटिङ अधिकृत (Marketing Officer) पदमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको छ। कम्पनीले पोखरा, चिप्लेढुंगा, लेखनाथ, भीमाद, स्याङ्जा र म्याग्दी कार्यक्षेत्रका लागि इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो।
यस पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा प्रवीणता प्रमाणपत्र (१०+२) तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, सम्बन्धित कार्यक्षेत्रमा अनुभव भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ। नियुक्त हुने कर्मचारीले कम्पनीका बीमा योजनाहरूको प्रचार-प्रसार, बजारीकरण र व्यवसाय प्रवद्र्धनका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गरी निर्धारित जीवन बीमा व्यवसायको लक्ष्य हासिल गर्नुपर्ने जिम्मेवारी पाउनेछन्।
इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो पूर्ण व्यक्तिगत विवरण (बायोडाटा), सम्पर्क फोन नम्बर र पासपोर्ट साइजको फोटो सहितको निवेदन कम्पनीको प्रादेशिक कार्यालय गण्डकी वा चिप्लेढुंगा कार्यालयमा बुझाउनुपर्नेछ। प्राप्त भएका आवेदनहरू मध्येबाट उपयुक्त छानिएका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ताका लागि छनोट गरिने कम्पनीले जनाएको छ। कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधाहरू कम्पनीको नियमानुसार हुनेछ।
थप सुचनामा:




