राष्ट्रिय बीमा कम्पनी लिमिटेडले लोक सेवा आयोगको सहमति अनुसार रिक्त रहेका विभिन्न तह र पदहरूमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। विज्ञापनमा प्रशासन तर्फ मुख्य व्यवस्थापक (तह ९), चार्टर्ड एकाउन्टेन्ट (तह १०), नायव व्यवस्थापक (तह ७), कानुन अधिकृत (तह ७), सहायक व्यवस्थापक (तह ६), र सहायक (तह ४ र ५) लगायतका विभिन्न पदहरू समावेश छन्। इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। उमेरको हकमा अधिकृत स्तरका लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र सहायक स्तरका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ (महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष)। आवेदन कम्पनीको वेबसाइट rbc.gov.np/career वा beemavacancy.com मार्फत दिन सकिनेछ। छनौट प्रक्रिया लिखित परीक्षा र अन्तर्वार्ताद्वारा गरिनेछ।
थप सुचनामा:

