नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NDBL) ले चितवनको भरतपुर-१० स्थित आफ्नो केन्द्रीय कार्यालय र अन्य शाखाहरुका लागि विभिन्न तहमा पदपूर्तिका लागि आवेदन माग गरेको छ। बैंकले प्रमुख जोखिम अधिकृत (CRO), अनुपालन/कानूनी अधिकृत र शाखा प्रबन्धक/अपरेसन/क्रेडिट पदमा गतिशील र नतिजामुखी नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो।
प्रमुख जोखिम अधिकृत (CRO) पदका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर (CA/Semi-CA/ACCA लाई प्राथमिकता) गरी जोखिम व्यवस्थापनमा कम्तीमा ५ वर्षको बैंकिङ अनुभव आवश्यक छ। अनुपालन/कानूनी अधिकृतका लागि पनि सोही शैक्षिक योग्यता र अनुपालन वा कानूनी कार्यमा ५ वर्षको अनुभव माग गरिएको छ। यी दुवै पदका लागि उमेर ४० वर्ष ननाघेको हुनुपर्नेछ।
शाखा प्रबन्धक/अपरेसन/क्रेडिट पदका लागि व्यवस्थापनमा स्नातक वा सोभन्दा माथिको शैक्षिक योग्यता र ३ वर्षको बैंकिङ अनुभव आवश्यक छ, यद्यपि उत्कृष्ट ज्ञान र क्षमता भएका फ्रेसरहरूले पनि आवेदन दिन सक्नेछन्। यस पदका लागि उमेर सीमा ३५ वर्ष तोकिएको छ र दुई पाङ्ग्रे सवारी चालक अनुमतिपत्र भएका स्थानीय उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।
इच्छुक उम्मेदवारहरूले २०२६ जुलाई २४ (शुक्रबार) बेलुका ५:०० बजेभित्र [email protected] मा आफ्नो निवेदन, अद्यावधिक गरिएको बायोडाटा (CV), हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, शैक्षिक प्रमाणपत्र र अनुभवका प्रमाणपत्रहरू संलग्न गरी इमेल पठाउनुपर्नेछ। इमेलको विषय (Subject Line) मा आफूले आवेदन दिएको पद स्पष्ट खुलाउनुपर्ने बैंकले जनाएको छ।
थप सुचनामा:

