नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स लिमिटेडले देशभरका विभिन्न शाखाहरूका लागि कर्मचारी माग गरेको छ। माग गरिएका पदहरूमा सहायक प्रबन्धक (Assistant Manager), अधिकृत स्तर (Jr. Officer/Officer/Sr. Officer), र सहायक स्तर (Supervisors/Sr. Assistants/Assistants/Junior-Assistants/Trainee Assistant) रहेका छन्। सहायक प्रबन्धकका लागि ५ वर्ष र अधिकृत स्तरका लागि ३ वर्षको मार्केटिङ अनुभवसहित स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्नेछ। सहायक स्तरका लागि न्यूनतम १०+२ उत्तीर्ण हुनुपर्नेछ भने ३० वर्षको उमेर हद तोकिएको छ। नवप्रवेशीहरूलाई प्रशिक्षार्थी सहायक (Trainee Assistant) पदमा आवेदन दिन प्रोत्साहित गरिएको छ। इच्छुक उम्मेदवारहरूले यो विज्ञापन प्रकाशित भएको एक महिनाभित्र आफ्नो अद्यावधिक बायोडाटा, शैक्षिक प्रमाणपत्र र कभर लेटर [email protected] मा पठाउनुपर्नेछ।
थप सुचनामा:

