हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले कम्पनीको रणनीतिक र परिचालन योजनाहरू कार्यान्वयन गर्न सक्षम प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि आवेदन आह्वान गरेको छ। इच्छुक उम्मेदवारसँग अर्थशास्त्र, वाणिज्य, वित्त, व्यवस्थापन वा कर्पोरेट कानुनमा स्नातकोत्तर तह वा चार्टर्ड एकाउन्टेन्सी (CA) पूरा गरेको हुनुपर्नेछ। साथै, उद्योग, वाणिज्य, पूँजी बजार वा वित्तीय क्षेत्रमा अधिकृत स्तर वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १० वर्षको कार्य अनुभव आवश्यक छ। उम्मेदवारको उमेर ३५ देखि ६५ वर्षको बीचमा हुनुपर्नेछ र नेपालको धितोपत्र बजार सम्बन्धी कानुनको ज्ञान हुनुपर्नेछ। इच्छुक व्यक्तिले बायोडाटा, शैक्षिक प्रमाणपत्र, अनुभवका कागजात, नागरिकताको प्रतिलिपि, ५००० शब्दसम्मको व्यावसायिक योजना र पासपोर्ट साइजको फोटो सहित सूचना प्रकाशित भएको मितिले ७ कार्यदिन भित्र [email protected] मा इमेल मार्फत आवेदन दिन सक्नेछन्।
थप सुचनामा:

