सरकारद्वारा दर्ता नभएका सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने निर्णयको बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय भने फेसबुक र ह्वाट्सएपमार्फत सक्रिय रहेको पाइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणका लागि दिइएको समयसीमाभित्र दर्ता नभएका सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। त्यसपछि अधिकांश इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटरहरूले आफ्नो नेटवर्कबाट सामाजिक सञ्जालहरू निष्क्रिय बनाइरहेका छन्।
तर, प्रधानमन्त्री ओलीकै सचिवालयले ‘PM KP SHARMA OLI’S Secretariat’ नामक फेसबुक पेज र ‘PM KP Sharma OLi (Official Press Group)’ नामक ह्वाट्सएप समूहमार्फत प्रधानमन्त्रीका गतिविधि र अधिवेशनका तस्बिरहरू नियमित रूपमा पोस्ट गरिरहेका छन्। आज नेकपा एमालेको विधान अधिवेशन सुरु भएको सन्दर्भमा यी पेज र समूहमा अधिवेशनसम्बन्धी तस्बिर र सूचनाहरू धमाधम सार्वजनिक हुँदै आएका छन्।
हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ गरी पाँच ओटा मात्र सामाजिक सञ्जाल सूचीकृत भएका छन्। तर फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, युट्युब र एक्स जस्ता प्लेटफर्महरूमा नागरिकले पहुँच नपाउने अवस्थामा प्रधानमन्त्री सचिवालयको सक्रिय प्रयोगले जनमानसमा कौतूहल सिर्जना गरेको छ।












![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)

![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया