कार्यकाल नसकिदै पोखरा फाइनान्सले सीईओ रवि चन्द्र गुरुङलाई हटायो
पोखरा फाइनान्सले कार्यकाल नसकिँदै प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको माघ २३ गतेको बैठकमा गुरुङलाई आजदेखि लागू हुने गरी पदमुक्त गर्ने निर्णय गरिएको हो।
गुरुङलाई २०७९ असार १० मा ४ वर्षको कार्यकालका लागि पुनः सीईओमा नियुक्त गरिएको थियो, उनको कार्यकाल २०८३ असार १० सम्म थियो। यद्यपि, अहिले उनको कार्यकाल पूरा हुन अझ १ वर्ष ५ महिना बाँकी रहँदा पदमुक्त गरिएको छ।
गुरुङको स्थानमा नायब प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई कायम मुकायम कार्यकारी प्रमुखको रूपमा नियुक्त गरिएको छ।
राष्ट्र बैंकको स्थलगत निरीक्षणको क्रममा कम्पनीको सञ्चालक समितिको कार्यशैलीका कारण पोखरा फाइनान्स समस्यामा परेको उल्लेख गरेको थियो।