नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विसं २०५१ सालमा सुरु भएको सामाजिक सुरक्षा भत्तालाई आफू प्रधानमन्त्री हुँदा मासिक ४ हजार रुपैयाँ पुर्याएको दाबी गरेका छन्।
घरदैलो अभियानका क्रममा मतदातासँगको संवादमा उनले भने, “विसं २०५१ सालमा एमाले सरकारले सामाजिक सुरक्षा भत्ता सुरु गरेको थियो। मैले प्रधानमन्त्री हुँदा यसलाई मासिक ४ हजार रुपैयाँसम्म पुर्याएँ।”
अध्यक्ष ओलीले थपे, “वर्तमानमा देशको अर्थतन्त्र असहज अवस्थामा रहेको र पटक-पटक सरकार परिवर्तन हुने अस्थिरताका कारण उक्त भत्ता थप वृद्धि गर्न नसकिएको हो।” सामाजिक सुरक्षामा हाल वार्षिक करिब ३८ अर्ब रुपैयाँ खर्च भइरहेको उनले जानकारी दिए। यसबाट ज्येष्ठ नागरिक, एकल महिला र अशक्त व्यक्तिहरूले प्रत्यक्ष लाभ पाउँदै आएका छन्।
उनीसाथै ओलीले आफ्नो नेतृत्वको सरकारले सडक बालबालिका मुक्त राष्ट्र बनाउने अभियान सञ्चालन गरेको बताए र यसको परिणामस्वरूप हाल सडकमा बालबालिका देखिन छाडेको उल्लेख गरे।















प्रतिकृया