शनिबार साँझ अमेरिकाले इजरायलसँग मिलेर इरानका तीन वटा आणविक केन्द्रमा गरेको आक्रमणपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो असर परेको छ। तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ भने एसियाली सेयर बजारमा गिरावट देखिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, ब्रेन्ट क्रूडको मूल्य २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७९.१२ डलर पुगेको छ, जुन जनवरीयताकै उच्च हो। यस्तै, अमेरिकी कच्चा तेल २.८ प्रतिशतले बढेर ७५.९८ डलरमा कारोबार भइरहेको छ। मूल्यवृद्धिले विश्वव्यापी मुद्रास्फीति र आर्थिक स्थायित्वमा थप जोखिम उत्पन्न गराएको विश्लेषण गरिन्छ।
इरान विश्वको नवौँ ठूलो तेल उत्पादक राष्ट्र हो जसले दैनिक झण्डै ३.३ मिलियन ब्यारेल तेल उत्पादन गर्छ। यसको लगभग आधा मात्र निर्यात गरिन्छ, बाँकी आन्तरिक खपतका लागि प्रयोग हुन्छ।
मध्यपूर्वमा बढ्दो तनावसँगै एसियाली सेयर बजारमा पनि सोमवार भारी गिरावट आएको छ। टोकियोको निक्केई सूचकांक ०.६ प्रतिशतले, सियोल १.४ प्रतिशतले र सिड्नी ०.७ प्रतिशतले घटेका छन्। जापान बाहेक एशिया–प्रशान्त क्षेत्रको एमएससीआई सूचकांक पनि ०.५ प्रतिशतले ओरालो लागेको छ।



















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया