विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकहरूले अब मास्टर कार्ड, भिसा कार्ड, अलिपे लगायत अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमार्फतै राजस्व भुक्तानी गर्न सक्ने भएका छन्। बिहीबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्यसचिव एकनारायण अर्यालले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली (International Card Network) को अन्तरआबद्धताको शुभारम्भ गरेका हुन्।
यो प्रणालीको सुरुवात हाल अध्यागमन विभाग र त्यसअन्तर्गतका निकायबाट प्रवाह हुने अध्यागमनसम्बन्धी राजस्व भुक्तानीमा भए पनि सरकारले केही समयमा अन्य सेवा क्षेत्रमा पनि विस्तार गर्ने तयारी गरेको छ। महालेख नियन्त्रक कार्यालयका अनुसार, यस भुक्तानी प्रणालीबाट सेवाग्राहीले पेपरलेस र फेसलेस माध्यमबाट चौबिसै घण्टा सेवा प्राप्त गर्न सक्नेछन्। साथै यसले राजस्व संकलन द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुने अपेक्षा गरिएको छ। सरकारले डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा पनि यसले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।



















प्रतिकृया