चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनामा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्याङ्कअनुसार, यस अवधिमा २ लाख २१ हजार ७७६ बीमा पोलिसी बिक्री भएका छन्।
फागुन महिनामा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ, जसले ८८ करोड १८ लाख रुपैयाँ संकलन गरेको छ । दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३८ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने तेस्रो स्थानमा रहेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३४ करोड ९१ लाख रुपैयाँ गरेको छ। यस्तै क्रमश: सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० करोड ६५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २८ करोड ८७ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २४ करोड ४६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २३ करोड ७५ लाख रुपैयाँ, र यूनाइटेड अजोड इन्स्योरेन्सले १९ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।
यस्तै यो अवधिमा सानिमा जिआइसी इन्स्योरेन्सले १८ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। ओरिएन्टल इन्स्योरेन्सले १७ करोड ८३ लाख, राष्ट्रिय बीमा कम्पनीले १५ करोड ३३ लाख, नेपाल इन्स्योरेन्सले १४ करोड २८ लाख, र प्रभु इन्स्योरेन्सले १३ करोड ७ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
गत वर्षको फागुन महिनाको तुलनामा यो वर्ष निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसाय २.९२ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष यस अवधिमा बीमा कम्पनीहरुले ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए।
बीमा कम्पनीहरूको व्यवसाय वृद्धिमा हिमालयन एभरेष्ट र ओरिएन्टल इन्स्योरेन्सले उच्च वृद्धि हासिल गरेका छन्। हिमालयन एभरेष्टको व्यवसाय ३१.०३ प्रतिशतले बढेर २८ करोड ८७ लाख पुगेको छ भने ओरिएन्टल इन्स्योरेन्सको व्यवसाय ४७.४४ प्रतिशतले वृद्धि भई १७ करोड ८३ लाख रुपैयाँ पुगेको छ।
यता, केही कम्पनीहरूको व्यवसाय भने घटेको छ। आइजीआई इन्स्योरेन्सको व्यवसाय ३.७६ प्रतिशतले घटेर ३४ करोड ९१ लाख रुपैयाँ सिमित भएको छ भने युनाइटेड अजोड इन्स्योरेन्सको व्यवसाय ११.८५ प्रतिशतले घटेर १९ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ। राष्ट्रिय बीमा कम्पनीको व्यवसाय पनि ४६.८६ प्रतिशतले घटेर १५ करोड ३३ लाख रुपैयाँमा भएको छ।


प्रतिकृया