निर्जीवन बीमा व्यवसाय ७.१२ प्रतिशतले बढ्यो: ओरियण्टल र शिखरले गरे आक्रामक वृद्धि

निर्जीवन बीमा व्यवसाय ७.१२ प्रतिशतले बढ्यो: ओरियण्टल र शिखरले गरे आक्रामक वृद्धि

चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसाय २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.१२ प्रतिशतले बढी हो। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, यस अवधिमा सबैभन्दा बढी व्यवसाय गर्न सफल शिखर इन्स्योरेन्स देखिएको छ। कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको तुलनामा ७.९४ प्रतिशतले बढेर चार अर्ब एक करोड रुपैयाँ पुगेको छ ।

यस्तै दोश्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको व्यवसाय ९.२४ प्रतिशतले बढेर तीन अर्ब ३२ करोड रुपैयाँ पुगेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसाय ७.५३ प्रतिशतले बढेर दुई अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ३.२० प्रतिशतले बढेर दुई अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको बीमा व्यवसाय ५.८१ प्रतिशतले बढेर दुई अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने नेको इन्स्योरेन्सको व्यवसाय ३.५७ प्रतिशतले बढेर दुई अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा नेपाल इन्स्योरेन्स र द ओरियण्टल इन्स्योरेन्सको व्यवसायमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन १४.७१ प्रतिशतले वृद्धि भई एक अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने द ओरियण्टल इन्स्योरेन्सको व्यवसाय ४४.०७ प्रतिशतले वृद्धि भई एक अर्ब ७० करोड रुपैयाँ पुगेको छ। यस्तै, सानिमा जिआइसी इन्स्योरेन्सको बीमा व्यवसाय ०.६२ प्रतिशतले बढेर एक अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा केही बीमा कम्पनीहरूको व्यवसाय भने घटेको देखिएको छ। सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय १३.३२ प्रतिशतले घटेर एक अर्ब नौ करोड रुपैयाँमा सीमित भएको छ।

यस अबधिमा व्यवसाय सबैभन्दा बढी वृद्धि भएको कम्पनी द ओरियण्टल इन्स्योरेन्स हो, जसको व्यापार ४४.०७ प्रतिशतले बढेको छ। अर्कोतर्फ, सबैभन्दा बढी घटेको कम्पनी राष्ट्रिय बीमा कम्पनी हो, जसको व्यापार १३.३२ प्रतिशतले घटेको छ।

485967711 642881815264627 3170673333689027621 n https://bajarkochirfar.com/non-life-insurance-business-grew-by-7-12-percent-oriental-and-shikhar-showed-aggressive-growth | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स