बजारमा तरलता धेरै भएपछि आज पनि ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारमा तरलता धेरै भएपछि आज पनि ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। निक्षेप संकलन उपकरणमार्फत ४२ दिनको लागि यो तरलता प्रशोचन गरिनेछ।

चालु आर्थिक वर्षदेखि बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि राष्ट्र बैंकले लामो अवधिका लागि निक्षेप संकलन बोलकबोल र छोटो अवधिका लागि स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ। अत्यधिक तरलताका कारण कर्जा विस्तार अपेक्षित रूपमा हुन नसकेको र निक्षेप बढ्दै गएपछि चाप थपिएको छ।

हाल अन्तरबैंक ब्याजदर करिब ३ प्रतिशतमा झरेको छ, जुन करिडोरको तल्लो सीमा नजिक छ। हालसम्म राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट प्रशोचन गरेको तरलता ४ खर्ब ३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने आइतबार थप ४० अर्ब प्रशोचन गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स