पाल्पाको रामपुर नगरपालिकाले विदेश जाने तयारीमा रहेका र विदेशबाट फर्केका युवालाई लक्षित गरेर युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिरहेको छ। यस कार्यक्रममार्फत व्यवसाय गर्न चाहने युवालाई बैंकको ब्याज अनुदान दिइँदै आएको छ। हालसम्म यो कार्यक्रमबाट ९७ जना युवा लाभान्वित भएका छन्
नगरपालिकाले विभिन्न व्यवसायमा संलग्न युवाहरूलाई १ करोड ११ लाख रुपैयाँभन्दा बढी रकम लगानी गरेको छ। कृषि शाखाका प्रमुख नारायणप्रसाद गैरेका अनुसार, यो आर्थिक वर्षमा मात्र ४४ जना युवालाई तरकारी खेती, फलफूल खेती, कुखुरापालन, माछापालन, बाख्रापालन, च्याउखेती, गाईभैँसीपालनजस्ता व्यवसायका लागि अनुदान दिइएको छ।
याे कार्यक्रम २०७६/७७ सालदेखि सुरु भएको हो। सुरुमा ५ लाख रुपैयाँ अनुदान दिएर थालिएको कार्यक्रम अहिले ३० लाख रुपैयाँसम्मको ब्याज अनुदान दिने गरेको छ। नगरप्रमुख रमणबहादुर थापाका अनुसार, यो कार्यक्रमले युवाहरूलाई गाउँमै बसेर व्यवसाय गर्न प्रोत्साहित गरेको छ। बैंकबाट ऋण लिने युवाहरूको ब्याज नगरपालिकाले तिर्दिएपछि उनीहरूलाई व्यवसाय सञ्चालनमा सजिलो भएको छ।
दुई वर्षसम्म अनुदान प्राप्त गरिसकेका युवाले पुनः अनुदानका लागि आवेदन दिन सक्नेछन्। मापदण्ड पूरा गरेमा उनीहरूलाई थप कर्जा रकममा पनि अनुदान उपलब्ध गराइनेछ।नगरपालिकाले व्यवसायको समयसमयमा अनुगमन गरी मापदण्ड पूरा नगरेको अवस्थामा अनुदान रकम रोक्का गर्ने जनाएको छ।










![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)





![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया