माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यस चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकाका स्थानीयका लागि ६ लाख ८० हजार कित्ता सेयर छुट्याएको छ। यस समूहका आवेदकहरूले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि छिटोमा वैशाख ३१ गतेसम्म रहनेछ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा जेठ १८ गतेसम्म म्याद थप हुन सक्नेछ।
यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ७२ हजार कित्ता सेयर निष्काशन गरिनेछ। यस समूहमा पनि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यसतर्फको आवेदन वैशाख २३ गतेसम्म खुला रहनेछ।
यी दुवै चरण सम्पन्न भएपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा एनआईएमबि एस क्यापिटलले लिएको छ।







![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-768x432.jpg)



![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया