बजारमा पैसा फालाफाल, राष्ट्र बैंकले आज फेरि ९० अर्ब उठाउँदै



बैंकिङ प्रणालीमा अत्यधिक तरलता संचित भएपछि नेपाल राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यही क्रममा, केन्द्रीय बैंकले आज (असार ४) गते बैंकिङ प्रणालीबाट थप ९० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ।

तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गर्ने जनाएको छ। बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडको गुणफलमा बोलकबोल गर्न सक्नेछन्, जहाँ बोलकबोल ब्याजदरका आधारमा हुनेछ।


Advertisement

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र बोलकबोलमा सहभागी हुन दिइनेछ। यो निक्षेप संकलन उपकरण ३५ दिनको हुने र साउन ७ गते मूलधन तथा ब्याजको भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

हाल कर्जाको माग कमजोर भएका कारण बैंकिङ प्रणालीमा तरलता प्रशस्त देखिएको छ, जसले बैंकहरूलाई न्यून ब्याजदरमा — करिब ३ प्रतिशत — राष्ट्र बैंकलाई निक्षेप दिन बाध्य बनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर