लघु निर्जीवन बीमकको ८ महिनामा ५८ करोडको व्यापार: कुन कम्पनीको कति?

लघु निर्जीवन बीमकको ८ महिनामा ५८ करोडको व्यापार: कुन कम्पनीको कति?

चालु आर्थिक वर्षको ८ महिनामा नेपालका चार प्रमुख लघु निर्जीवन बीमा कम्पनीहरूले करिब ५८ करोड रुपैयाँको बीमाशुल्क आर्जन गरेका छन्। यी चार कम्पनीहरूले २ लाख ३० हजार ७ वटा बीमालेख जारी गरी ५७ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

सबैभन्दा धेरै व्यापार गर्ने कम्पनीको रुपमा नेपाल माइक्रो इन्स्योरेन्स रहेकको छ। यसले फागुन महिनासम्म ६५,८३७ वटा बीमालेख जारी गर्दै १६ करोड ६४ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ।

यस्तै, प्रोटेक्टिव माइक्रो इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ, जसले ५५,६२३ वटा बीमालेख जारी गरेर १४ करोड ६३ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ।

यस्तै, स्टार माइक्रो इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ, जसले ६१,०९४ वटा बीमालेख जारी गर्दै १३ करोड ५१ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ।

र अन्तिम स्थानमा ट्रष्ट माइक्रो इन्स्योरेन्स रहेको छ, जसले ४७,४५३ वटा बीमालेख जारी गरेर १३ करोड १६ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ।

485704955 1583893396333575 8448168708835380298 n https://bajarkochirfar.com/micro-non-life-insurance-business-of-rs-580-million-in-8-months-how-much-from-which-company | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स