हाइड्रोपावरमा सबैभन्दा महँगो कम्पनी कुथेली बुखरी स्मल हाइड्रोपावरको घट्यो नाफा
कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २९.२४ प्रतिशतले घटेर १ करोड १ लाख रुपैयाँमा आएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २ करोड ८८ लाख रुपैयाँबाट ५.१३ प्रतिशतले घटेर २ करोड ७३ लाख रुपैयाँमा पुगेको छ। यसअवधिमा कम्पनीको वित्तीय खर्च २५ लाख ७३ हजार रुपैयाँ र प्रशासनिक खर्च ४९ लाख ६७ हजार रुपैयाँ रहेको छ। यता अन्य आम्दानी १५ लाख ७३ हजारबाट घटेर ४ हजार रुपैयाँमा झर्दा कम्पनीको नाफामा प्रभाब परेको हो।
१३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको जगेडा कोषमा ५ करोड ८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १० रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९७ पैसा छ