कुमारी बैंकको नाफा ७२.८५% ले घट्यो, वितरणयोग्य नाफा ऋणात्मक

कुमारी बैंकको नाफा ७२.८५% ले घट्यो, वितरणयोग्य नाफा ऋणात्मक

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ७२.८५ प्रतिशतले घटेर २८ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

खुद ब्याज आम्दानी ६.२७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी ०.५५ प्रतिशतले घटेर १० अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ। इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५४ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड रुपैयाँमा आएको छ।

यो पनि पढ्नुहोस्: एनआईसी एशियाको नाफा १५ करोडमा सीमित, ईपीएस कति ? | BAJARKO CHIRFAR

खराब कर्जा अनुपात २.०३ प्रतिशतबिन्दुले बढेर ६.९८ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ५० अर्ब ८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६४ अर्ब ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य नाफा ऋणात्मक ६ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३.९० रुपैयाँले घटेर १.४५ रुपैयाँमा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १३४.४३ रुपैयाँ रहेको छ।

KBL https://bajarkochirfar.com/kumari-banks-profit-drops-by-72-85-distributable-profit-negative | %tags

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स