सरकारको मूल्यांकनमा कुलमान घिसिङको कार्यसम्पादन ‘जिरो’

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १९ गते
सरकारको मूल्यांकनमा कुलमान घिसिङको कार्यसम्पादन ‘जिरो’

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकनमा सरकारले चकित पार्ने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा उनलाई शून्य अंक प्रदान गरेको छ। मन्त्रालय स्रोतका अनुसार, समितिले घिसिङले समयमा कार्यसम्पादन विवरण नबुझाएको भन्दै शून्य अंक दिएको जनाएको छ।

घिसिङले आफ्नो वार्षिक उपलब्धिहरू प्रस्तुत गर्दै ९८.९९ प्रतिशत कार्यसम्पादन गरेको दाबी गरेका थिए। अघिल्ला वर्षहरूमा उनले उच्च मूल्यांकन पाउँदै आएका थिए। २०७८/७९ मा ९४.२३ प्रतिशत र २०७९/८० मा ९८.९४ प्रतिशत अंक प्राप्त गरेका थिए।

पछिल्लो समय ऊर्जा मन्त्री दीपक खड्का र कुलमान घिसिङबीच डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विषयलाई लिएर विवाद चुलिएको छ। विवादका कारण पछिल्ला दुई महिनायता प्राधिकरणको सञ्चालक समिति बैठकसमेत बस्न सकेको छैन। मन्त्री खड्काले केही साताअघि घिसिङलाई तेश्रो स्पष्टीकरण सोधेका थिए, तर घिसिङले आफू सरकारद्वारा नियुक्त अधिकारी भएको भन्दै मन्त्रालयले स्पष्टीकरण माग्न नपाउने जिकिर गरेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स