केपी ओली भन्छन्, “पानीजस्तो घरघरमा पाइपबाट ग्यास पुर्‍याउन सकिन्छ”

केपी ओली भन्छन्, “पानीजस्तो घरघरमा पाइपबाट ग्यास पुर्‍याउन सकिन्छ”

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले घरघरमा सिलिन्डर नचाहिने गरी पाइपमार्फत ग्यास वितरण गर्न सकिने बताएका छन्।

सोमबार झापामा घरदैलोका क्रममा मतदातासँगको संवादमा अध्यक्ष ओलीले भने, “नेपालमै खाना पकाउने ग्यास पर्याप्त मात्रामा छ। दैलेखको ग्यास उत्खनन् बन्द गरिएको छ, त्यसलाई पुनः काममा ल्याउनुपर्छ। दैलेखमा ग्यास निकाल्न सुरु गरेपछि विदेशबाट आयात गर्नै पर्दैन। ग्यास पानीजस्तो ट्यांकमा राखेर घरघरमा पाइपमार्फत पुर्‍याउन सकिन्छ, त्यसका लागि कुनै सिलिन्डर चाहिँदैन।”

उनले यसअघि गुइँठा बाल्ने विषयमा दिएको अभिव्यक्तिबारे पनि स्पष्ट पार्दै भने, “म अपमान गर्न खोजेको होइन। संस्कृति बचाउनुपर्छ, गरिबी हटाउनुपर्छ। हामीलाई गुइँठा बाल्ने भनिएको भन्दै बेइज्जत गर्ने प्रयास भएको हो। अब दाउरा होइन, बिजुली बाल्नेतिर ध्यान दिनुपर्छ।”

अध्यक्ष ओली हाल झापा-५ मा घरदैलो अभियानमा व्यस्त छन् र सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स