फागुन १३ गते देखि आईपीओ निष्काशन गर्दै कालिन्चोक हाइड्रोपावर, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १ गते
फागुन १३ गते देखि आईपीओ निष्काशन गर्दै कालिन्चोक हाइड्रोपावर, क-कसले भर्न पाउने ?

कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्न लागेको छ। यस चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका आईपीओ निष्काशन गर्न लागेको हो।

आयोजना प्रभावित स्थानीयका लागि कम्पनीले दोलखाको बिगु गाउँपालिका वडा नं. ८ र कालिन्चोक गाउँपालिका वडा नं. २ र ३ का स्थानीयलाई ५ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ। स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। आवेदन प्रारम्भिक रूपमा फागुन २७ गतेसम्म खुला हुनेछ र पर्याप्त आवेदन नपरेमा ढिलो आवेदन चैत्र १२ गतेसम्म लिन सकिनेछ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ८२ हजार ५ कित्ता सेयर निष्काशन गरिनेछ, जसमा न्यूनतम १० र अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यस समूहका लागि आवेदन फागुन १७ गतेसम्म खुला रहनेछ। पहिलो चरणपछि कम्पनीले बाँकी सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स