चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्म नेपालका निर्जीवन बीमा कम्पनीहरूले १८ लाख ४३ हजार ४५६ वटा बीमा पोलिसी बिक्री गरी २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
यस अवधिमा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ, जसले ४ अर्ब १ करोड रुपैयाँ संकलन गरेको छ। त्यसपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ अर्ब ३२ करोड रुपैयाँ संकलन गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २ अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।
चौथोमा आइजीआई प्रुडेन्यिसल इन्स्योरेन्स लिमिटेडले २ अर्ब ३७ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब २१ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब १९ करोड रुपैयाँ, र एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ८५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।
त्यस्तै, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ७० करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५९ करोड रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब ५७ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब १६ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ, र नेशनल इन्स्योरेन्सले ७६ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।


प्रतिकृया