ट्रंक र डेडिकेटेड लाइन बक्यौता विवाद निष्पक्ष रूपमा समाधान गर्छु: प्राधिकरणका नवनियुक्त निर्देशक शाक्य



Advertisement
Ads

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले प्राधिकरण बाहिरबाट राम्रो देखिए पनि आन्तरिक रूपमा संकटमा रहेको बताएका छन्। मंगलबार पदभार ग्रहण गर्दै उनले वित्तीय समस्या गहिरिएको र नयाँ निर्माण कार्यहरू चुनौतीपूर्ण रहेको उल्लेख गरे।

शाक्यले ट्रंक र डेडिकेटेड लाइन बक्यौता विवाद निष्पक्ष रूपमा समाधान गर्ने प्रतिवद्धता जनाउँदै यसलाई अवसरका रूपमा लिएको बताए। उनले अबको मुख्य चुनौती लोडसेडिङ होइन, विश्वसनीय विद्युत सेवा उपलब्ध गराउने रहेको स्पष्ट गरे।


Advertisement

सरकारको २८ हजार मेगावाट विद्युत उत्पादन लक्ष्य पुरा गर्न प्राधिकरणलाई आर्थिक रूपमा ठूलो चुनौती रहेको भन्दै उनले रणनीतिक समाधान आवश्यक रहेको बताए। “बाहिरबाट हेर्दा अल इज वेल देखिन्छ, तर वास्तविकता संकटपूर्ण छ,” शाक्यले भने।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर