गुणस्तरहीन पाउरोटी उत्पादन गरेको आरोपमा फ्याक्ट्रीलाई जरिवाना
उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित उदयपुर बेकरीलाई मापदण्ड विपरीत गुणस्तरहीन पाउरोटी उत्पादन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयले १० हजार रुपैयाँ जरिवाना गरेको छ।
बिहीबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वमा गएको अनुगमन टोलीले उद्योगमा सरसफाइको अभाव भेटिएको र उत्पादनमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको जनाइएको छ।
साथै, उद्योगलाई सधैं सरसफाइ कायम राख्न र गुणस्तरीय वस्तु मात्र प्रयोग गर्न निर्देशन दिँदै जरिवानासहित चेतावनीसमेत दिइएको छ।