नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदभार ग्रहण गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले उनलाई गृह, अर्थ र कानुन मन्त्रालयको जिम्मेवारी एकैसाथ दिएकी हुन्। राष्ट्रपति निवास शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै उनी सिंहदरबार पुगेका थिए।
अर्यालले पदभार ग्रहणलगत्तै जेनजी आन्दोलनमा शहीद भएकाहरूका सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन्। उक्त दिन मन्त्रीपरिषद्ले तोक्ने र राष्ट्रिय झण्डा आधा झुकाइने व्यवस्था हुने उनले स्पष्ट पारे। त्यसैगरी, आन्दोलनमा मृत्यु भएकाको परिवारलाई किरिया खर्चका लागि प्रतिव्यक्ति एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरिएको छ। शव व्यवस्थापनका लागि सरकारले निःशुल्क सवारीसाधन उपलब्ध गराउने र दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत पुर्याइने बताइएको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया