हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले जारी पूँजीको २० प्रतिशत साधारण सेयर (आईपीओ) सर्वसाधारणमा निष्काशन गर्ने तयारी सुरु गरेको छ। कम्पनीले आईपीओ निष्काशनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो।
आईपीओ निष्काशनसम्बन्धी सम्झौतापत्रमा हिमाल डेन्टल हस्पिटलका अध्यक्ष राजेन्द्र प्रसाद भट्ट र मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कम्पनीका प्रतिनिधि लक्ष्मी प्रसाद प्रसाईँ तथा डा. निरन्जन आचार्यको पनि सहभागिता रहेको थियो।
सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल हस्पिटलले दाँत तथा मुखसम्बन्धी विभिन्न स्वास्थ्य समस्या भएका बिरामीलाई दन्त उपचार सेवा प्रदान गर्दै आएको छ।



















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया