काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउने सरकारको तयारी, डीपीआरका लागि टेण्डर आह्वान

काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउने सरकारको तयारी, डीपीआरका लागि टेण्डर आह्वान

सरकारले काठमाडौं उपत्यकामा प्रस्तावित मेट्रो रेल परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीबाट आशयपत्र (EOI) आह्वान गरेको छ।

रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले सार्वजनिक सूचना जारी गर्दै २७.५ किलोमिटर लामो चक्रपथ रुटमा सञ्चालन हुने मेट्रो रेलका लागि डीपीआर तयारी प्रक्रिया अघि बढाएको हो।

प्रस्तावित रुट नारायणगोपाल चोकबाट सुरु भई चाबहिल, कोटेश्वर, सातदोबाटो र रत्नपार्क हुँदै पुनः नारायणगोपाल चोकमै पुग्ने गरी योजना बनाइएको छ। आयोजनाका अनुसार इच्छुक अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीहरूले आगामी जुन १५, २०२६ (असार ०१) सम्म ई–जीपी प्रणालीमार्फत आवेदन पेस गर्नुपर्नेछ।

आयोजनाले डीपीआर तयारीको सम्पूर्ण खर्च नेपाल सरकारले आफ्नै स्रोतबाट बेहोर्ने जनाएको छ। परामर्शदाता छनोटमा योग्यता ५० प्रतिशत, अनुभव ४० प्रतिशत र प्राविधिक क्षमता १० प्रतिशतका आधारमा मूल्यांकन गरिनेछ। न्यूनतम ७० प्रतिशत अंक प्राप्त गर्ने कम्पनीहरूलाई मात्र प्रस्ताव (RFP) चरणमा सहभागी गराइनेछ।

परियोजनामा लाइन १ र लाइन ३ को केही भाग समेटिने वृत्ताकार (लूप) संरचना रहनेछ, जसमा करिब २२ वटा स्टेशन रहने प्रस्ताव छ। साथै, Elevated र Underground दुवै संरचना निर्माण गरिने योजना छ।

डीपीआरमा पूर्व सम्भाव्यता अध्ययन समीक्षा, अलाइनमेन्ट विश्लेषण, विस्तृत इन्जिनियरिङ डिजाइन, लागत अनुमान, आर्थिक तथा वित्तीय विश्लेषण, वातावरणीय प्रभाव मूल्यांकन (EIA), सामाजिक प्रभाव अध्ययन (SIA) र ट्रान्जिट ओरिएन्टेड डेभलपमेन्ट (TOD) योजना लगायतका कार्यहरू समावेश हुनेछन्।

kathmandu rail dpr eoi notice 1780914191801 https://bajarkochirfar.com/government-preparing-to-run-metro-rail-in-kathmandu-valley-calls-for-tenders-for-dpr | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स