राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन्।
बिहीबार बसेको संसदीय दलको बैठकले पराजुलीलाई उपनेता चयन गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए। संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्राविधिक कारणले उपनेता चयनको निर्णय सार्वजनिक गर्न ढिलाइ भएको बताए।
यसअघि नै रास्वपा संसदीय दलको नेता बालेन्द्र शाह चयन भइसकेका थिए। नेता चयनसँगै उनी प्रधानमन्त्री नियुक्त भएको समेत उल्लेख गरिएको छ।
त्यसैगरी, संसदीय दलको मुख्य सचेतकमा महामन्त्री कविन्द्र बुर्लाकोटी चयन भएका छन्। सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको छ।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया