पूर्वगृहमन्त्री लेखक ५ महिनापछि जलेको घर हेर्न पुगे बेदकोट

पूर्वगृहमन्त्री लेखक ५ महिनापछि जलेको घर हेर्न पुगे बेदकोट

पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि आज बिहान बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पुगेका छन्।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते उनका पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्णरुपमा नष्ट गरेका थिए। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका कांग्रेसका नेतासमेत रहेका लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिएका छन्।

लेखकको काठमाडौँको नैकापमा रहेको घर र बेदकोट–८ मा रहेको पुर्खौली घर पूर्णरुपमा जलेर नष्ट भएको छ। महेन्द्रनगरस्थित बजारमा रहेको घर मर्मत गरी उनले आश्रय लिइरहेका छन्।

पहिलो पटक पुर्खौली घर पुगेका लेखकले स्थानीयसँग साक्षात्कार गरेका छन्। स्थानीयवासीले गाउँमा भइरहेको सडक पूर्वाधारलगायत विकासका बारेमा जानकारी दिएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट २०७९ सालको निर्वाचनमा जित हासिल गर्दै गृहमन्त्री बनेका लेखक यसपटक उम्मेदवार भने छैनन्।

नेपाली कांग्रेसले डडेल्धुरामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र लेखकलाई टिकट दिएन  पार्टीले यहाँ पूर्वजिल्ला पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाइसकेपछि लेखकले चुनावी भेटघाटलाई तीव्रता दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स