लगानी बोर्डलाई अर्थमन्त्री वाग्लेको अन्तिम चेतावनी, १४ औँ बैठकसम्म प्रगति नभए ‘निर्मम’ कदम चालिने

लगानी बोर्डलाई अर्थमन्त्री वाग्लेको अन्तिम चेतावनी, १४ औँ बैठकसम्म प्रगति नभए ‘निर्मम’ कदम चालिने

लगानी बोर्डअन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको १३औँ बैठक सम्पन्न भएको छ।मङ्गलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा बसेको बैठकमा स्वीकृत परियोजनाहरूको प्रगतिबारे गम्भीर समीक्षा गरिएको छ।

बैठकमा अर्थमन्त्री वाग्लेले लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये केवल २ वटा मात्रै निर्माण चरणमा पुग्नु लाजमर्दो अवस्था भएको टिप्पणी गरे। विदेशी लगानी स्वीकृत भएर लामो समय बितिसक्दा पनि परियोजनाहरूमा काम अघि नबढ्नु अत्यन्तै चिन्ताजनक रहेको उनको भनाइ थियो। उनले यस्तो ढिलाइको कारण स्पष्ट गर्न निर्देशन दिँदै दोषी व्यक्ति वा कानुनी व्यवस्था जे भए पनि आवश्यक सुधार गर्नुपर्ने अवस्था आएको बताए।

अर्थमन्त्रीले परियोजनाहरू अघि नबढ्नुको वास्तविक समस्या तत्काल पहिचान गर्न आग्रह गर्दै आगामी १४औँ बैठकसम्म ठोस समाधानसहित प्रगति देखिनुपर्ने चेतावनी दिए। अन्यथा, कडा निर्णय लिन बाध्य हुने संकेत उनले गरे। लगानी सहजीकरण गर्ने शक्तिशाली निकाय नै प्रभावहीन देखिनु गलत सन्देश गएको उल्लेख गर्दै उनले कम्तीमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्नेमा जोड दिए। साथै, केही ‘फेन्सी’ प्रकृतिका आयोजनाबारे समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए।

VIRAL TEMPLATE 4 https://bajarkochirfar.com/finance-minister-wagles-final-warning-to-the-investment-board-brutal-steps-will-be-taken-if-there-is-no-progress-by-the-14th-meeting | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स