सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नारदकुमार लुइँटेललाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई नेप्सेको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। यस पदका लागि १० जनाले आवेदन दिएका थिए। छनोट समितिले पहिलो चरणमा चूडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल, र हेमन्त बस्याल सहित पाँच जनालाई छनोट गरेको थियो। अन्ततः मन्त्रिपरिषद्ले लुइँटेललाई नियुक्त गर्ने निर्णय गर्यो।
अर्थ मन्त्रालयले तीन साता अघि नै सहसचिव पोखरेलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो। समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्य खोमराज खरेल रहेका थिए।
पूर्व सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ मा समाप्त भएपछि यो पद रिक्त थियो।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया