आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूमा राजीनामा, रवाना र बिदा बन्द गरिएको छ।
निर्वाचनको लागि बनाइएको एकीकृत सुरक्षा योजना २०८२ बमोजिम सशस्त्र प्रहरी बलका अधिकतम जनशक्ति निर्वाचनमा परिचालन गर्न आवश्यक रहेकाले माघ १९ गतेदेखि कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न, अन्यत्र कार्यालयमा जानको लागि रवाना नगर्न र अति आवश्यक बाहेक बिदा स्वीकृत नगर्न निर्देशन दिइएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले सम्पूर्ण कार्यालयलाई यो व्यवस्था कडाइका साथ पालन गर्न परिपत्र गरेका छन्।
















प्रतिकृया