बिहीबार दिउँसो २ बजेसम्म देशभर ६२ लाखभन्दा बढी मत खसेको छ।
निर्वाचन आयोगका अनुसार देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो। बिहान ७ बजेदेखि मतदान जारी छ।
हालसम्म सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४७ प्रतिशत मतदान भएको छ। त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ।
देशभर रहेका १० हजार ९६७ मतदान स्थलमध्ये अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको आयोगले जनाएको छ। अहिलेसम्म देशभर कुल करिब ३३ प्रतिशत मतदान भएको छ।


















प्रतिकृया