आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका कूल दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील रहेको जनाइएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशीलमा वर्गीकरण गरिएका छन् । त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध काम भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले बताए ।
आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये ७५५ मतदानस्थल संवेदनशील र १५९ मतदानस्थल सामान्य रहेको जानकारी दिइएको छ । मधेस प्रदेशमा कुल चार हजार ४७१ मतदान केन्द्र छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार छन् ।
मधेस प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन् । जसमा पुरुषको सङ्ख्या १९ लाख पाँच हजार ८१९ र महिलाको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको जनाइएको छ ।


















![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-150x150.jpg)
![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)


प्रतिकृया