नेपालमा भूकम्पको धक्का, केन्द्रबिन्दु कहाँ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २९ गते
नेपालमा भूकम्पको धक्का, केन्द्रबिन्दु कहाँ ?

मंगलबार मध्यरात बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः०८ बजे ४.९ म्याग्निच्युडको भूकम्प गएको हो, जसको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको जनाएको छ।

मध्यरातमा आएको भूकम्पपछि स्थानीयबासीमा त्रास फैलिएको थियो। भूकम्पको धक्का छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो।
स्थानीय प्रहरीका अनुसार हालसम्म कुनै जनधनको क्षतिको विवरण प्राप्त भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स