संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको जनाइएको छ।
भूकम्पको कम्पन संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस भएको थियो। बिहानको समयमा अधिकांश मानिस निद्रामै रहेका बेला धक्का महसुस भएपछि धेरैजना आत्तिँदै घर बाहिर निस्किएका थिए।
प्रारम्भिक विवरणअनुसार हालसम्म मानवीय वा भौतिक क्षतिको कुनै सूचना प्राप्त भएको छैन। दुवै जिल्लाका सुरक्षा अधिकारीहरूले अवस्था सामान्य रहेको बताएका छन्।
















प्रतिकृया