दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहान ३ः५१ बजे मुराइ, दार्चुला केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
पछिल्लो समय देशको पश्चिमी भूभागमा भूकम्पको गतिविधि बढेको छ। यसअघि, चैत ३ गते दार्चुलाको सिटौला केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो भने फागुन २२ गते बझाङको चैनपुर केन्द्र भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो।
















प्रतिकृया