कास्की जिल्लाको साइमाराङ आसपास केन्द्रविन्दु भएर आज बिहान ४:११ बजे भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार, भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ।
यस भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस गरिएको थियो। बिहानको शान्त वातावरणमा आएको भूकम्पले स्थानीयबासीको निद्रा खलबलाएको छ। हालसम्म कुनै क्षति भएको जानकारी प्राप्त भएको छैन।
गण्डकी प्रदेशमा पछिल्लो तीन दिनको अवधिमा यो तेस्रो भूकम्प हो। यसअघि, फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युड र म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
त्यसैगरी, फागुन २४ गते नै चीनको तिब्बतस्थित सिगात्सेको दिङ्गी केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प जाँदा नेपालका विभिन्न स्थान, काठमाडौं उपत्यकालगायत,मा समेत धक्का महसुस गरिएको थियो।
















प्रतिकृया